समाचार

सभामुख चयनका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल

२ माघ, काठमाडौैँ÷ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयनका विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्ताले सभामुख चयनमा देखिएको गतिरोधको अन्त्य हुने विश्लेषण गरिएको छ । सभामुख चयनका विषयमा मतभेद भइरहेका बेला दुई अध्यक्षबीच पाँच दिनपछि कुराकानी भएको हो । गत आइतबारदेखि उहाँहरुबीच भेट भएको थिएन । तत्कालिन सभामुख कृष्णबहादुर महरालाइ बलात्कारको आरोप लागेपछि अहिले सभामुख पद रिक्त छ । गत शनिवारको नेकपा सचिवालयको बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाइ उप–सभामुख पदबाट राजिनामा दिन निर्देशन दिएको थियो । तर उपसभामुख तुम्बाहाम्फेले सचिवालयले गरेको निर्णयका बारेमा आफु अनभिज्ञ भएको बताउँदै सभामुखको नाम सार्वजनिक नगर्दासम्म आफु राजिनामा नदिने र संसद बैठक चलाउने भन्दै सार्वजनिक प्रतिक्रिया दिनुभएको छ । त्यसयता नेकपामा सभामुख चयनको प्रक्रिया झनै पेचीलो बनेको छ । यता महीला अधिकारकर्मीहरुले उपसभामुख तुम्बाहाम्फे नै सभामुखको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन् ।

nema
Show More

Related Articles

Back to top button