समाचार

कोरोना कोषमा जम्मा भएको रकम खर्च गर्ने सरकारको तयारी

६ बैशाख, काठमाडौैँ
सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम खर्च गर्ने तयारी गरेको छ । कोषमा हालसम्म दुई अर्ब आठ करोड रुपैयाँ बढी रकम जम्मा भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहमा माग संकलन सुरु गरेको र उनीहरुको आवश्यकताबमोजिम रकम दिने तयारी गरिरहेको कोषका सदस्य तथा महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।
 
स्थानीय तहहरुमा अहिले नै रकमको अभाव नभएको कारण वितरण नगरिएको सरकारको भनाइ छ । राजनीतिक दलहरुबीच पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट यसै कोषमा जम्मा गर्ने सैद्धान्तिक सहमति भएको थियो । योसमेत जोड्दा नौ अर्ब बढी रकम कोषमा थपिने बताइएको छ ।
 
कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको निर्दे्शिकाअनुसार कोषमा जम्मा भएको रकम कोरोना संक्रमित व्यक्तिको उद्धार, व्यवस्थापन, ‘आइसोलेसन’कक्ष तथा ‘क्वारेन्टाइन’ निर्माणका लागि प्रयोग हुने छ । हालसम्म कोषमा रकम जम्मा भएपनि अहिलेसम्म खर्च भने हुन सकेको छैन ।

nema
Show More

Related Articles

Back to top button