समाचार

नेपाली सरकारी कर्मचारी भारतमा पक्राउ

२३ बैशाख, काठमाडौैँ÷ उदयपुरको चिम्चुङबुङ गाँउपालिकाका लेखापाल भारतमा पक्राउ परेका छन् । गत ४ दिनदेखि सम्पर्क विहिन बनेका लेखापाल दिपेश भण्डारीलाई भारतीय प्रहरीले सिलगुढीमा पक्राउ गरेको हो । पक्राउ परेका भण्डारी विरुद्धको अभियोग बारे प्रहरीले हालसम्म केहि बताएको छैन ।‘घटनाको बारेमा जानकारी नआएपनि लागुऔषध कारोबारमा पक्राउ परेको भन्ने अपुष्ट खवर आएकोले भारतीय प्रहरीसंग समन्वय भैरहेको प्रमुख जिल्ला अधिरकारी विष्णु कार्कीले बताउनु भयो ।
घटनाको बास्तविकता आईनसकेकाले त्यसबारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय उदयपुरसँग सहयोग मागिएको गाँउपालिकका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीले झापा जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरेर पत्ता लगाउने काम भइरहेको बताउनुभयो । भारतीय भुमिमा भारतीय प्रहरीबाट पक्राउ परेका लेखापालको कारण प्रष्ट भएको छैन् ।

nema
Show More

Related Articles

Back to top button