समाचार

आइपीएलमा सन्दिपको टीमले हैदराबादको सामना गदै

आईपीएल क्रिकेटमा बिहीबार नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अुनसार दिल्लीको फिरोज साह कोट्ला मैदानमा राति सवा ८ बजेदेखि सुरु हुनेछ ।

हैदराबाद जारी प्रतियोगितामा उच्च फर्ममा देखिएको छ । उसले ३ खेलमा जित हात पारिसकेको छ । तर दिल्लीले २ खेलमा जित निकालेको छ भने २ खेलमा पराजित भएको छ ।

मोहालीमा भएको खेलमा पञ्जाबसँग जित नजिक पुगेर पनि दिल्ली नाटकीय रुपमा १४ रनले पराजित भएको थियो । बिहीबारको खेलमा हैदराबादको मजबुत ब्याटिङ अर्डरविरुद्ध दिल्ली संयमित भएर खेल्नुपर्ने क्रिकेट पण्डितहरुले बताएका छन् ।

बिहीबारको खेलका लागि दिल्लीका ब्याट्सम्यान शिखर धवनका लागि पनि महत्वपूर्ण रहेको छ । यसअघि हैदरबादबाट खेलेका शिखर यसै सिजन दिल्लीमा आवद्ध भएकाले पुरानो टिमविरुद्ध उनको पहिलो खेल हो ।

यसैगरी महेन्द्रसिंह धोनीलाई आइडल मान्ने दिल्लीका विकेटकिपर ऋषभ पन्तले पनि उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ । उनको गल्तिले पनि पछिल्लो खेलमा धेरै रन बनेको थियो भने विकेट पछाडि उनको प्रदर्शन फितलो नै रहेको थियो ।

हैदराबादमा जोन बेयरस्टो र डेभिड वार्नर दुवैले शतक प्रहार गर्दै विपक्षीलाई दबाब दिन सक्षम छन् । त्यसैले बिहिबारको खेलमा दिल्लीले वार्नरलाई रोक्ने रणनीति बनाउन जरुरी छ ।

हैदराबादसँग अफगानिस्तानका अफ स्पिनर मोहमद नवी र लेग स्पिनर रासिद खान छन् । उनीहरु जतिबेला पनि दिल्लीमाथि हावी हुन सक्ने क्षमता राख्छन् ।

nema
Show More

Related Articles

Back to top button