समाचार

निक्षेप तथा कर्जा सुरक्षण कोष टंगालले सहुलियत कर्जामा सुरक्षण दिने ।

२ मंसिर , काठमाडौँ ÷निक्षेप तथा कर्जा सुरक्षण कोष टंगाल काठमाडौँ ले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर सहुलियत कर्जामा सुरक्षण दिने भएको छ । नियमावलीमा भएको ब्यवस्था अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को परिच्छेद २ अनुसार कर्जाका प्रकार ,सीमा , भुक्तानी अवधि ,व्याजदर तथा शर्तहरुका अनुसार ऋण प्रवाह गर्ने भएको कर्जाहरुलाई सुरक्षण प्रदान गर्ने छ ।
सुरक्षण हुने कर्जाका प्रकार र सीमा ः (१ं) यस कार्यविधि बमोजिम लक्षित ऋणीलाई व्याज अनुदान प्राप्त हुने गरी बैंक तथा वित्तिय संस्थाहरुले देहाय बमोजिमका सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछन् र यस्ता कर्जाको प्रति ऋणी अधिकतम सीमा देहाय बमोजिम हुने जनाएको छ ।
ः (क) व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैया सम्म
ख) शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँ सम्म
ग) विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रुपैया सम्म ,
घ) महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाँ सम्म ,
ङ) दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयासम्म ,
च) उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पाँचलाख रुपैयाँ सम्म ,
छ) भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा तीन लाख सम्म ऋण प्रवाह गर्ने उल्लेख गरिएको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button