समाचार

अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना गम्भिर

अर्घाखाँची ÷ अर्घाखाँची जिल्लाको ग‍ोरुसिंगे सन्धिखर्क सडकखण्डको सीतापुर सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन् छन्। मृत्यु हुनेमा जिप चालक सन्धिखर्कका सुमन्त भुसाल रहेका छन् भने एकजनाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ५ सय मिटर तल भीरबाट खसेर दुर्घटनाग्रस्त भएको हो । घाइते ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार भइरहेको छ। घाइते सबैको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

nema
Show More

Related Articles

Back to top button