समाचार

अन्ततः सन्दीप लामिछानेलाई दियो अमेरिकी दूतावासले भिसा

काठमाडौं, साउन २८ । नेपाली चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।
मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको हो ।
दूतावासले भिसा दिन अस्वीकार गरेको खबर सन्दीपले ट्वीट गरेको केही समयमै दूतावासका अधिकारीहरुले फेरि उनलाई भिसा प्रक्रियाका लागि बोलाएका थिए ।
पछिल्लोपटक सामान्य प्रक्रियापछि भिसा दिइएको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका हुँदै जान मंगलबार बिहान सन्दीप काठमाडौंस्थित अमेरिकी दूतावास गएपनि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।
चाहिने सबै कागजपत्र हुँदाहुँदै पनि भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्वीट गरेर सार्वजनिक गरेका थिए ।
वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेटको यस संस्करणका केही खेलहरु अमेरिकामासमेत हुने तालिका छ ।
सन्दीपले यो सिजन बार्बाडोस ट्राइडेन्टबाट क्रिकेट खेल्दैछन् ।
सीपीएल क्रिकेट आउँदो भदौ १८ देखि असोज २५ गतेसम्म आयोजना हुँदैछ ।

nema
Show More

Related Articles

Back to top button