breakingसमाचारवाग्मती प्रदेश

काठमाडौैँका ब्यापारी लकडाउन विरुद्ध सडकमा

२१ जेठ, काठमाडौैँ
सरकारले व्यवस्थापन नगरी एकोहोरो लकडाउन मात्रै थप्दै गएपछि काठमाडौंका व्यापारी त्यसविरुद्ध उत्रिन थालेका छन् । उनीहरूले आफ्नो पसल, व्यावसाय खोलेर लकडाउनविरुद्ध उत्रिन थालेका हुन् । पछिल्लो समय काठमाडौंको बौद्ध, जोरपाटी, विशालबजार, शान्तिनगर, कोटेश्वर, महाराजगन्जलगायत क्षेत्रमा व्यापारीले लकडाउनको पालना नगर्ने बताएका छन् । बौद्ध जोरपाटी क्षेत्रमा बजारै सञ्चालन भइसकेको छ ।
प्रहरी अधिकारीका अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा रहेका बजार व्यापार समितिले बजार खोल्ने निर्णयसमेत गरिसकेका छन् । लगातारको लकडाउनले आफूहरूको दैनिकी अस्तव्यवस्त बनेको व्यापारीको गुनासो छ । प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने भएकाले पनि लकडाउन उल्ङ्घनको दबाब प्रहरीमाथि नै सबैभन्दा बढी पर्ने अधिकारीको बुझाइ छ ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले लकडाउनको पालना सबैले गर्नुपर्ने बताउनुभएको छ । सरकारले गरेको निर्णय पालना नगरे जटिलता थपिनसक्छ भनेर सचेत सबैलाई सचेत गराएको उहाँको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button