breakingसमाचारसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजले बीपी जयन्ती र बीपी स्मृति दिवस भब्यताका साथ मनाउने

११ असार, काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजले बीपी जयन्ती र बीपी स्मृति दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बुधवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी साउन ६ गते ३७ औैँँ स्मृति दिवस  र आगामी भाद्र २४गते १०६ औैँ बीपी जयन्ती मनाउने निर्णय  गरेको हो ।
साथै बैठकले बीपी विचार राष्ट्रिय समाजको गत जेष्ठ १८ र १९ गते राजधानी काठमाडौैँमा सम्पन्न ७ औैँ बार्षिक साधारणको समिक्षा गरेको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए । समाजको ७ औैँ बार्षिक साधारणसभा सफलतापूर्व सम्पन्न भएको महासचिव चन्दले बताए ।
यसैबीच, बीपी विचार राष्ट्रिय समाजले संसोधित विधान अनुसार सांगठनिक संरचना समेत बनाउने भएको छ । बैठकले समाजको नयाँ विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा संरचना बनाउन निर्णय समेत गरेको महासचिव चन्दले जानकारी दिएका हुन ।
यसैबीच, समाजको विदेशमा समेत सांगठनिक संरचना बनाउन सरोज देवकोटाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु लोकेश ढकाल, र भोजराज रेग्मी रहने गरि समिति गठन गरेको छ । समितिले आफ्नो काम चाँडै सुरु गर्न लागेको समाजले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button