समाचारनेपाली कांग्रेस

भ्रातृसंस्था पक्षमा पार्न नेताहरूको दौडधुप

काठमाडौँ — कांग्रेसका शीर्ष नेताहरूले पार्टीका भातृसंस्थालाई आफ्नो पक्षमा पार्न दौडधुप बढाएका छन् । नेपाल शिक्षक संघ र कर्मचारी युनियनपछि ट्रेड युनियन कांग्रेसलाई आफ्नो पक्षमा ल्याउन सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा सुरु भएको हो ।

महाधिवेशनमा प्रभाव पार्न सकिने भएकाले नेताहरू भ्रातृ संस्थालाई पक्षमा पार्न लागिपरेका हुन्।
ट्रेड युनियन कांग्रेसको अधिवेशन जेठ २९, ३० र ३१ गते राजधानीमा हुँदै छ। प्रदेश र संघीय संसदको निर्वाचनमा पराजित भएपछि देउवा पक्षलाई कमजोर बनाउन पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीसहित संस्थापनइतर नेता एकजुट हुँदै आएका छन्। संस्थापनइतर पक्षले यसअघि शिक्षक संघ, इन्जिनियर्स संगठन र कर्मचारी युनियनमा पकड जमाइसकेको छ। यी भ्रातृसंस्था अधिवेशनअघि संस्थापन पक्षमा थिए।
ट्रेड युनियन पक्षमा पार्न सभापति देउवा आफैं लागेका छन्। त्यस अतिरिक्त उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खडका, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेता पनि निरन्तर खटिइरहेका छन्। संस्थापनइतर पक्षबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र शेखर कोइरालासहित नेता भिडेका छन्। दुवै पक्षले पदाधिकारीसहित सदस्यहरूमा आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन्।
ट्रेड युनियनका १७ पदाधिकारीसहित ४१ सदस्यका लागि चुनाव हुँदै छ। दुवै पक्षले उम्मेदवारी घोषणा गरिसकेका छन््। संस्थापन पक्षबाट खिला दाहाल र संस्थापनइतर पक्षबाट पुष्कर आचार्यको प्यानल घोषणा भएको छ। दाहाल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा अयोध्यायप्रसाद यादव, उपाध्यक्षहरूमा बमबहादुर बिसी, डिपी अर्याल, शंकर लामिछाने, युवराज लामा, नुर महम्मद रइम, महिला उपाध्यक्षमा कल्पना अधिकारी छन्। महासचिवमा सञ्जय मिश्र, उपमहासचिवहरूमा जनार्दन निरौला, काजीमान श्रेष्ठ, रञ्जन थापा, धिरेन्द्र सिंह, आत्माराम पौडेल, महिला उपमहासचिवमा कमला लामिछाने, कोषाध्यक्षमा रिसवदेव घिमिरे र सहकोषाध्यक्षमा तारा राई छन्।
आचार्य नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्षहरूमा अजय राई, तेजेन्द्रजंग कार्की, ललितबहादुर श्रेष्ठ, आशासिंह राठोर, उपाध्यक्षमा नेत्रविक्रम थापा, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा छन्। त्यस्तै महासचिवमा योगेन्द्रकुमार कुँवर, उपमहासचिवहरूमा गणेशबहादुर केसी, ज्योति कोइराला, राजेश पालिखे, ईश्वर परियार, सीताराम अवस्थी, महिला उपमहासचिवमा राधिका कुइँकेल, कोषाध्यक्षमा मोहनकुमार बस्नेत, सहकोषाध्यक्षमा सुशीला घिमिरे छन्। ट्रेड युनियन कांग्रेसमा देशभरबाट १३ सय ७० मतदाता छन्।

प्रकाशित : जेष्ठ २८, २०७५ १९:२३

nema
Show More

Related Articles

Back to top button