समाचार

कोरोना आशंकामा १७ जनाको उपचार हुँदै

१४ चैत्र, काठमाडौैँ
कोरोना सङ्क्रमणको आशङ्कमा काठमाण्डौको दुई र ललितपुरको एक अस्पतालमा १७ जनाको उपचार भइरहेको छ । काठमाण्डौको कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा चाररचार जना गरी १७ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ ।
 
कोराना पुष्टि भएका दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभरका अरु अस्पतालमा रुघाखोकी र ज्वरो आएका बिरामी पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरुमध्ये १० जनालाई कोरोनाको आशङ्का गरिएको र नमुना परीक्षणको लागि टेकुमा रहेको प्रयोगशालामा पठाइएको पनि मन्त्रालयले जनाएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ ।

nema
Show More

Related Articles

Back to top button