breakingसमाचारविचारवी पी विचार

वागमती प्रदेशले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद आयोजना गर्ने

८ पुस, काठमाडौं ।

वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।

विहीबार परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

पहिलो संस्करणको तुलनामा समावेश खेल संख्यम पनि बढाइएको सदस्यसचिव भण्डारीले जानकारी दिए । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला स्पर्धा गराइने भएको छ ।

वागतमी प्रदेशले सरकारी ग्रासरुट कार्यक्रम राष्ट्रपति रनिङ शिल्डको केन्द्रीय प्रतियोगिता हुने १५ दिन अघि नै प्रदेश छनोट सम्पन्न गरिसक्ने निर्णय गरेको छ । राष्ट्रपति रानिङ शिल्डको स्थानीय र जिल्लास्तरीय प्रतियोगितामा सबै विद्यालयको सहभागिता गराउने पनि परिषदको निर्णय छ ।

अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा ८ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपल्ट पनि निरन्तरता दिइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button