breakingसमाचारनेपाली कांग्रेस

नेपाली काँगे्रसलाई गम्भिर अवस्थाबाट बचाउन अझै सक्रिय बन्छु ः काँगे्रस नेता के.वी गुरुङ

जनकपुर आषाढ ४ गते,
वी.पी विचार राष्ट्रिय समाजको २ नं प्रदेश स्तरीय कार्यकर्ता भेला जनकपुरको धनुसाधाममा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं वी पी विचार राष्ट्रिय समाजका केन्द्रिय अध्यक्ष कुल वहादुर गुरुङ्गले अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वी।पी। कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइ पुगेको बताउनुभयो ।
पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिंदै हामी कहिले उग्रवामपन्थीहरुसंग अंकमाल गर्न पुगेको उहाँको निश्कर्ष छ । सिद्धान्त ,निस्ठा र आदर्शलाई भुलेर वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको उहाँले बताउनुभयो । उहाले नेपाली कांग्रेसको यो अत्यन्त नै गंभिर अवस्थाबाट पार्टीलाई बचाउन आफ्नो उमेरको कुनै पर्वाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो मैले महसुस गरेको बताउनुभयो ।
वर्तमान चुनौतिका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र देशभरका निष्ठावान कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न संभव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको बीरता र किसुनजीको आदर्शको बाटोबाट पार्टीलाई अगाडी लैजान अझै पनि जाँगर एवम आँट छ भन्ने कुरा कार्यकर्तालाई विश्वास गर्न आग्रह गर्नुभयो ।
कांग्रेसमा सैद्धान्तीक विचलन र कार्यशैलिको कमजोरीले आज कांग्रेसको यो हविगत भएको उहाँको तर्क छ । कांग्रेले आत्म मुल्याडकन गरेर आफुलाई सुर्धान सकेमा कांग्रेसलाई पुरानै अवस्थामा लैजान सकिन्छ भन्ने कुरामा विश्वास गर्न उहाँले कार्यकर्तालाई विश्वास गर्न आग्रह गर्नुभयो । समारोहमा वी। पी। विचार राष्ट्रिय समाजका केन्द्रिय माहा सचिव श्री विनयध्वज चन्दले वी।पी।को विचारलई अक्षरस पालन गरेमा मात्र कांग्रेसले आफनो जिम्मेवारी पुरा गर्ने वताउनु भयो । २ नं प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका नेता राम शरोज यादवले यो समाजले कार्यकर्तालाई प्रशिक्षण दिएर वलियो कांग्रेस वनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
। समारोमा समाजका केन्दिय ुसदस्य लोकश ढकालले कांग्रेसले आज सम्म भएका कमि कमजोरी हरुलाई सच्याउनु पर्ने वताउनु भयो । समारोहमा पुर्व सांसद चन्द्र मोहन यादव , वीपी विचार राष्ट्रि समाजकी कोषाध्यक्ष गीता रेग्मी , राज किशोर राउत , पुर्व मेयर वज रंग शाह , हरी भक्त त्रपिाठी , जिल्ला ने का। सचिव विशेश्वर यादव , विद्यार्थी विभाग प्रमुख मित्र भटराई , विजय चौधरी ,नवल किशोर यादव ,संजय यादव, हरी शंकर शाह , पुस्पेन्द्र गोईत लेआफ आफनो धारणा राख्नु भएको थियो । समारोहमा वी। पी। विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सभापति तथा ने का सचिव रामकुमार यादवले स्वागत भाषण गर्नु भएको थियो । समारोहको सभापतित्व धनुषा जिल्लाका वी।पी। विचार धनुषाका सभापति श्री शुरेस कोइरालाले गर्नु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button