समाचारविश्व

१ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटना

इथियोपिया– १ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा परेको छ । १ सय ४९ जना यात्रु तथा ८ चालक दलका सदस्य गरी १ सय ५७ जना सवार विमान दुर्घटनामा परेको हो ।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको फ्लाइट इटी ३०२ विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका लागि उडेको विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको अन्तराराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा यात्रीहरुको हताहती भएको जनाइएपनि त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । इथियोपियाका प्रधानमन्त्री आबिये अहमद अलीले दुर्घटनामा मारिने तथा घाइते हुनेका परिवारप्रति समवेदना सन्देश जारी गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button