समाचारनेपाली कांग्रेस

प्रदेश ५ का काँगे्रस संसदीय दलका नेता बलदेवको निधन

काठमाडौं । प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो ८२ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले रूपन्देहीस्थित निवासमा उनको निधन भएको बताएका छन् । फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएपछि विगत एक वर्षदेखि नेता पोखरेल सक्रिय राजनीतिभन्दा टाढा रहेका थिए ।
गत माघमा काठमाडौंस्थित हेम्स् अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा पोखरेलको फोक्सोमा क्यान्सर भएको प्रमाणित भएको थियो । नेपाल क्यान्सर अस्पतालले भारतको राजिव गान्धी अस्पताल लैजान रिफर गरे पनि स्वदेशमै उपचार गर्नुपर्ने भन्दै उनी उपचारका लागि भारत नगएका हुन् ।
जेष्ठ सदस्य भएकोले उनले सभामुखकै हैसियतमा सांसदहरूलाई सपथ खुवाएका थिए । प्रदेश सरकारले केही सभापतिहरू र प्रतिपक्षी दलका नेतालाई उपलब्ध गराएको गाडी खरिदमा अनियमितता भएको आलोचनापछि पोखरेल गाडी फिर्ता गरेर संसद भवनबाट रिक्सा चढेर घर फिर्ता भएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button