समाचारनेपाली कांग्रेस

दुई तिहाई सरकारको दम्बका कारण मुलुक अधिस्थरतामा भासियोः आचार्य

बागलुङ । नेपाली कांग्रसका केन्द्रिय सदस्य महेश आचार्यले दुई तिहाई सरकारको दम्बका कारण मुलुक अधिस्थरतामा धकेलिएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले शुक्रबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले देशमा राजनितिक स्थिरताको निम्ती विधिको सासन नभएका कारण अहिले सम्म केही उपलब्धी हुन नसेको उल्लेख गरे ।
नेता आचार्यले दुईतिहाई बहुमत प्राप्त सरकार पनि अस्थिर बनेको आरोप लगाएका छन् । उनले केपी ओली नेतृत्वको सरकारलाई समुन्द्री सुनामीमा परेको डुङ्गासंग तुलना गर्दै दुई तिहाई प्राप्त सरकारबाट त्यो अपेक्षा नगरिएको बताए ।
पुर्व अर्थमन्त्री समेत रहेका नेता आचार्यले सरकारले आर्थिक स्थिरतका निम्ती लगानै मैत्री बातवरण सृजना गर्नुपर्ने बताएका छन । उनले विकास खर्च सुस्त गतिमा भएको भन्दै यसलाई कार्यान्वयनका लागी प्रशासनलाई बलियो बनाउन आवश्यक रहेको बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button