समाचार

विश्व बरियतामा नेपालको स्थान सुधार, ५ स्थान माथि उक्लियो

२ असोज, काठमाडौं । विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थान सुरक्षित गरेको छ ।
विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो । यसअघि नेपाल १६६औं स्थानमा रहेको थियो ।
नेपालले यहि भदौ १९ गते कुबेतसँग विश्वकपको दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले ७—० गोलको हार ब्यहोरेको थियो । तर भदौ २४ गते छनोटअन्तर्गत चाइनिज ताइपेलाई नेपालले २—० गोलले पाखा लगाएको थियो ।
यता,भारत भने एक स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको छ । माल्दिभ्स पनि एक स्थान तल झर्दै १५३औं स्थानमा पुग्दा भुटानले एक स्थान सुधार गर्दै १८५औं स्थान ओगटेको छ । यता, बंगलादेश भने ५ स्थान तल झर्दै १८७औं स्थानमा छ भने श्रीलंका २०२ र पाकिस्तान २०३ औं स्थानमा छ ।
विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम छ । विश्वविजेता फ्रान्स एक स्थान उक्लिदै दोस्रो स्थानमा रहंदा एक स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा छ । चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको फिफाले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button