समाचार

दैलेख केन्द्रविन्दु भएर भूकम्पको धक्का

२९ वैशाख, दैलेख । दैलेख केन्द्रविन्दु भएर गएराति ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ बजेर ३६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ ।
भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
२०७२ वैशाख १२ गते गएको भूकम्पपछि निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ । यसअघि वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको थियो ।

nema
Show More

Related Articles

Back to top button