समाचारसमाज

पूर्वमन्त्री जोशीको सक्रियतामा जनहुँमा १ करोड ५२ लाखको खानेपानी आयोजनाको उद्घाटन

मानेचौका तनहु, १३ भाद्र ०७५÷ मानेचौका तनहुमा बुधवार एक समारोहका विच पूर्व मन्त्री गोविन्द राज जोशीले खानेपानी आयोजनाको उदघाटन गरेका छन् । भानु नगर पलिका वोडा नं ११ मा १ करोड ५२ लाख रुपैैँया लागतमा १९९ घरधुरलिाई एक घर एक धाराको योजना नुसार खानेपानी आयोजनाको निर्माण सुरु भएको हो ।
 

उक्त खानेपानी आयोजनाको उदघाटन गदै पूर्वमन्त्री जोशीले शिक्षा स्वास्थ्य र स्वच्छ  खाने पानी आम जनताको मौलीक अधिकार भएको हुदा यो आयोजनाले जनताको अधिकार पुरा गर्न सहयोग गरेको बताए ।
खानेपानीको अधिकार भनेकै महिला अधिकार भएको हुदा यो आयोजना पुरा भए पछि यहाका दिदि वहिनिहरुको वर्षौ देखिको चाहना र आवशयकता पुरा भएको उल्लेख गरे । खाने पानी आयोजनाका सभापति राजेन्द्र राज जोशीको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस सोसाईटी तनहुकी मन्त्री चिनु पोखरेल , ने।वी। संघका केन्द्रिय महामन्त्री आनन्द राज त्रीपाठी भानु नगर पलिका वोडा नं ११ का वोडा अध्यक्ष तारा नरेश पौडेल , खानेपानी कार्यालय तनहुका प्रमुख चक्रपाणि आचार्यले आयोजनाको महत्व वारे प्रकाश पारेका थिए ।

 
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button