breakingसमाचार

स्ववियु निर्वाचनमा नेविसंघले सहभागिता जनाउने

२० माघ, काठमाडौैँ÷ नेपाल विद्यार्थी संघले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सक्रियरुपमा सहभागी जनाउने भएको छ । नेविसंघका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले सक्रिय रुपमा भाग लिने बताउनुभएको हो । उहाँले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनलाई सफल बनाउन त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको जानकारी दिनुभयो ।
त्रिविमा निर्वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत रेक्टर भएकाले चाँडै रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउन उहाँले त्रिविलाई आग्रह समेत गर्नुभएको छ । अनेरास्ववियुका संयोजक ऐन महरले निर्धारित मितिमा नै स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले निर्वाचन हुने उल्लेख गनुभयो । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । यसअघि त्रिविले फागुन १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरूप हुनेछ ।

nema
Show More

Related Articles

Back to top button