breakingसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको काठमाडौैँ प्रतिवद्धता २०७६

काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजको सातौैँ बार्षिक साधारण सभा २०७६ साल जेष्ठ १८ र १९ गते काठमाडौैँमा सम्पन्न भएको छ । बार्षिक साधारण सभा सम्पन्न गर्ने क्रममा भएका छलफल, वहस र अन्तक्रियामा बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय पदाधिकारीहरू, नेतागण एवं प्रवुद्ध ब्यक्तित्वहरूले उठाउनुभएका विषयवस्तुहरूका अतिरिक्त जिल्ला तथा प्रदेशहरूबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि तथा सहभागीहरू र टिप्पणीकारहरूको राय, सुझाव, सल्लाह र आग्रहलाई समेत हृदयङ्गम गर्दै राजनेता बीपी कोइरालाको विचार, आदर्श, नीति तथा सिद्धान्तहरूलाई वर्तमान सन्दर्भमा समयसापेक्ष बनाउँदै ब्यवहारिक ढङ्गले आम जनमानसमा पु¥याउन समाजलाई प्रजातान्त्रिक मूल्य र मान्यताका साथ सवल, सक्षम र गतिशील संस्थाको रूपमा स्थापित गराउने उद्देश्यले देहायका काठमाडौँ प्रतिवद्धता २०७६ घोषणा गरेका छौैँ ।
१.नेपाल र नेपाली जनताका निमित्त राजनेता बीपी कोइरालाद्वारा प्रतिपादित ‘राष्ट्रियता प्रजातन्त्र र समाजवाद’ को संरक्षण र संवद्र्धन गर्दै नेपाल र नेपाली जनताको बृहत्तर हित र संमृद्धि जनमानसमा पु¥याउने कार्यमा यो साधारण सभा प्रतिवद्धता जाहेर गर्दछ ।
२.नेपालको राजनीतिमा नेपाली काङ्गे्रसका संस्थापक राजनेता बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको दिशामा अग्रसर हुन समस्त प्रजातन्त्रप्रेकमी बीपी विचारका अनुरागीहरुलाई प्रेरित र प्रोत्साहित गर्ने कार्यमा समाज दृढता ब्यक्त गर्दछ ।
३. प्रजातान्त्रिक दर्शनको धरातललाई बिर्सिएर बीपी विचार र चिन्तन, प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार विपरीत गैर–प्रजातान्त्रिक विचार राख्ने समूहहरूसँग अवाञ्छनीय साँठगाँठ हुँदा बीपी विचार धुमिल हुँदै दूषित भएको अवस्थाको अन्त्य गर्न वैचारिक प्रचार—प्रसारको माध्यमबाट राजनीतिक स्वच्छता कायम गर्न समाज प्रतिवद्धता ब्यक्त गर्दछ ।
४.राजनेता बीपी कोइरालाका शाश्वत विचारलाई समय सापेक्ष ब्याख्या र प्रयोग गर्दै नेपाली जनताको राष्ट्रियता प्रतिको भावनालाई संरक्षण र जगेर्ना गर्ने, प्रजातन्त्रका आधारभूत स्तम्भ र संरचनाहरूलाई संरक्षण, संवद्धन र सुदृढ तुल्याउने कार्यमा समाजले दवाव समूहको रूपमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्दछ ।
५.देशको राष्ट्रिय राजनीतिमा उठेका समकालीन मुद्दा ः गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता र समाजवाद जस्ता विषयहरूमा जनभावना अनुरूप साझा अवधारणा र दृष्टिकोण निर्माणमा समाजले सहयोग, समन्वय तथा प्रेरित गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
६. बीपी विचारलाई मुख्य आधारशीलाको रूपमा प्रयोग गर्दै समाजलाई वैचारिक रूपमा स्पष्ट बनाउनको निमित्त जनस्तरमा समेत मर्यादित र जिम्मेवार नेतृत्व निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।
७.राजनेता बीपी कोइरालाको विचार, सिद्धान्त, नीति र दृष्टिकोणका सम्बन्धमा थप खोज, अध्ययन, अनुसन्धान तथा अन्वेषणात्मक कार्य गर्न विद्यार्थी तथा प्राज्ञहरूलाई प्रोत्साहित गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
जयनेपाल ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button