breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै÷ गच्छादारलाई मिलाउने कसरत

१० असोज, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । पार्टी केन्द्रिय कार्यलय सानेपामा दिउँसो तीन बजे बस्ने बैठकमा फोरम लोकतान्त्रिकसँग भएको पार्टी एकतालाई पूर्णता दिने विषयमा छलफल हुने जनाएको छ । दुई वर्षअघि नै आफूसँग पार्टी विलय गराएको विजय कुमार गच्छादार नेतृत्वको फोरमका नेता कार्यकर्तालाई कांग्रेसले अहिलेसम्म जिम्मेवारी दिन सकेको छैन ।
आजको बैठकले एकताको सम्पूर्ण कार्य पूरा गर्ने तयारी गरेको पार्टी उपसभापति एवम् समायोजन समितिका संयोजक विमलेन्द्र निधिले जानकारी दिए । हाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका मध्ये सबैभन्दा उच्च पदको जिम्मेवारीमा गच्छादार मात्रै छन् । आजको बैठकले केन्द्रदेखि स्थानीय तहसम्म एकताका सम्पूर्ण काम टुङ्गो लगाउने तयारी गरेको निधिले बताए । यस्तै आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी, भातृ संगठनको विधान संशोधन र महाधिवेशन कार्यविधिबारे पनि बैठकमा छलफल हुने जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button