breakingसमाचार

नेपालको नयाँ नक्सा सर्वसम्मतिले पारित

३१ जेठ, काठमाडौैँ
नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधिसभामा सर्वसम्मतिले पारित भएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो । संशोधनको पक्षमा कुल २५८ मत परेको छ भने विपक्षमा शून्य मत परेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभएको छ ।
बैठकमा बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले छिमेकी मुलुकहरुसंग सुमधुर सम्बन्ध राख्न चाहेको बताउनुभएको छ । उहाँँले बिभिन्न विचार दल तथा दर्शनक अनुयायी भएपनि राष्ट्रिय मुद्धामा सबैजना एक भएकोमा खुस ब्यक्त गर्दै यो एकता भारतलाइ अप्ठ्यारोमा पार्नका लागि नभएको स्पष्ट पार्नुभयो ।
यस्तै प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले संविधान संशोधनको पक्षमा सबै दलको एकता देखिनु अत्यन्तै महत्वपूर्ण भएको बताउनुभएको छ । राष्ट्रहित र अखण्डताको लागि सबै एक छन् भन्ने प्रस्ट भएको उहाँको भनाइ छ । सन् १८१६ को सुगौली सन्धिका अनुसार कालीनदी सीमा नदी भएको स्पष्ट रहेको तथा चिनियाँको नक्सामा पनि कुटीयाङ्दी भन्ने रहेकाले कालीनदी पूर्वको भूभाग नेपालको भन्नेमा दुईमत नभएको देउवाले बताउनुभएको छ ।
यस्तै राजपाका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषामा मधेसीलाई समान व्यवहार नगरिएको भनेर असन्तोष व्यक्त गर्नुभएको छ । राष्ट्रियता सबै नेपालीको लागी भएको बताउँदै उहाले एकै बर्गको राष्ट्रियता नहुने र यती त्यस्तो भइहालेमा त्यसलाइ पंगु राष्ट्रियताको संज्ञा दिनुभयो ।
सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक दर्ता गरेको हो । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । नक्सामा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

nema
Show More

Related Articles

Back to top button