समाचार

अनुसन्धानलाई प्रभावकारी बनाउन महान्यायाधिवक्ता खरेलको निर्देशन

१८ साउन, काठमाडौैँ÷ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरुलाई निर्देशन दिनुभएको छ । राजधानीमा आज आयोजित सरकारी वकिलहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै खरेलले त्यसका लागि अनुसन्धान अधिकृतसंग मजबुत सम्बन्ध बनाउन आग्रह गर्नुभयो ।
नयाँ ऐन कार्यान्वयनका लागि न्यायालय, प्रहरीलगायत सरकारी निकायले तयारी गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । खरेलले समन्वयकारी भूमिका निर्वाहमा उचित ध्यान दिन सरकारी वकिलहरुलाई निर्देशन समेत दिनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क व्यक्ति सहितको भिन्न डेक्स स्थापना गरिएको खरेलले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिलहरुका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्यन) ऐन २०७४ बारे जानकारी दिन कार्यशाला आयोजना गरेको हो ।

nema
Show More

Related Articles

Back to top button