समाचारसमाज

बिमस्टेक सम्मेलनको तयारी पूरा

सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९विमस्टेक० को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको बताएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विमस्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको जानकारी दिए । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि जानकारी दिए । १४ भदौमा होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । बिहान विमस्टेक शिखर सम्मेलनमा आउनु भएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
सम्मेलनमा आउने मध्ये श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्विनी भ्रमण गर्ने निधो भएको छ । म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले लुम्विनी भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
शिखर सम्मेलनमा विमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणा पत्र जारी गरिनेछ । भदौं १४ र १५ मा आयोजना हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुबीच द्धिपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button