breakingसमाचार

लुट्न सके लुट कान्छाु लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार : विवेकशील

काठमाडौँ÷ विवेकशील नेपाली पार्टीले गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छाु लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भनेर प्रतिक्रिया जनाएको छ ।

पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएकोमा विरोध जनाएका हुन ।

युट्युबबाट हटाइएको शर्माको गीतलाई सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्नसमेत विवेकशीलले सर्वधारणलाई अपिल गरेको छ।

पार्टीले अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने पनि विवेकशील नेपालीले जनाएको छ । नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।ु
विवेकशीलले संविधानभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको पनि उल्लेख गरेक छ ।

विवेकशीलले लोकतन्त्रका निम्ति सेल्फ सेन्सरसिप घातक हुने जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button