breaking

प्रस्तावित प्रधानन्यायाधीश जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, अव को बन्ला प्रधानन्यायाधीश ?

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएका छन् । जोशीको शैक्षिक प्रमाणपत्र र उनले यसअघि गरेका कतिपय फैसला विवादित बनेपछि उनी प्रधानन्यायाधीश बन्ने बाटो बन्द भएको हो ।
शुक्रबार बसेको संवैधानिक सुनुवाइ समिति बैठकको २ तिहाइ बहुमतले जोशीलाई अस्वीकृत गरेको हो ।
नेपालको इतिहासमा संवैधानिक परिषद्को सिफारिस सुनुवाइ समितिबाट अस्वीकृत भएको यो पहिलो पटक हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले भने बैठक बहिष्कार गरेका छन् । समितिमा कांग्रेसका ४ सदस्यले वैठक बहिस्कार गरेका हुन । समितिमा नेपाल कम्युनिष्ट पार्टीका ९ र फोरम तथा राजपाका १÷१ सदस्य रहेका छन् ।
संवैधानिक परिषद्को गत जेठ २९ गते बसेको बैठकले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि यही साउन १० गते जोशीका सम्बन्धमा समितिमा सुनुवाइ भएको थियो ।
सुनुवाइका क्रममा सांसदहरूले शैक्षिक प्रमाणपत्र, उनले यसअघि गरेका कतिपय विवादित फैसला, छोरा र छोरीको विवाहमा गरेको अत्यधिक खर्च लगायतका विषयमा प्रश्न गरेका थिए ।
ती प्रश्नमा जोशीको जवाफ चित्तबुझ्दो नभएको सांसदहरूको ठहर छ ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली गत फागुन ३० गते पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीश जोशीले कायममुकाम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
अब के हुन्छ ?
जोशी अस्वीकृत भएपछि अब संवैधानिक परिषद्ले पुनः नयाँ सिफारिस गर्नुपर्नेछ ।
संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेर यसैगरी सुनुवाइ हुनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
जोशीपछि ओमप्रकाश मिश्र सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हुन् । त्यसपछि चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको नाम रोलक्रममा रहेको छ ।
काँगे्रस सांसदले यस्तो दिए जवाफ

 
 
 

nema
Show More

Related Articles

Back to top button