breakingसमाचारनेपाली कांग्रेस

नेकपा कार्यकर्ताद्वारा कांग्रेस नेता रिजालमाथि आक्रमणको प्रयास

दमौली । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।
सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नेता डा। रिजालमाथि आक्रमणको प्रयास गरेको बताइएको छ ।
नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया बताएका हुन् ।
गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ ।
यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् ।
उनले सरकारले ‘मण्डले’ शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button