समाचार

बीआरआईमा राष्ट्रपति भण्डारीको नेपालीमा सम्बोधन

१३ वैशाख , काठमाडौैँ÷ राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड इनिशियटिभ्स बीआरआई समृद्ध भविष्यको आधार भएको बताएकी छिन । नेपाली भाषामा सम्बोधन गदै राष्ट्रपति भण्डारीले बीआरआईबाट कुनैपनि राष्ट्र विकासको फल लिनबाट वञ्चित हुन नहुने उनले धारणा राखेकी हुन ।
चीनको बेइजिङमा भएको दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित देशका लागि कनेक्टिभिटी नेटवर्कको विकास महत्वपूर्ण हुने बताउँदै यसले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवद्र्धन गर्ने बताइन ।
फोरममा राष्ट्रपति भण्डारीले वर्तमान सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली रहेको र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गरेर विकासोन्मुख राष्ट्रबाट मध्यम आम्दानी भएको राष्ट्र बन्ने लक्ष्य लिएको पनि स्पष्ट पारेकी थिइन ।

nema
Show More

Related Articles

Back to top button