समाचार

प्रधानमन्त्री केपी ओली बिहीबार अजरबैजान तर्फ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आगामी बिहीबार अजरबैजान जाँदै छन् ।
परराष्ट्रमन्त्रालले आज जारी गरेको विज्ञप्तिमा यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नामक राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । उनी त्यसतर्फ जान लाग्नुभएको उल्लेख छ ।
प्रधानमन्त्री ओलीले कात्तिक ९ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनले विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहेका छन्। प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

nema
Show More

Related Articles

Back to top button