समाचार

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौैँ स्मृति दिवस

७ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौं स्मृति दिवस मनाइँदै छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना भने गरिएको छैन् ।
६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताउनु भएका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो । कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो ।
वि.सं.२००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरी राजनीति सुरु गर्नु भएको थियो । उहाँको ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते काठमाडौंको मण्डिखाटारस्थित छोरी सुजाता कोइरालको निवासमा निधन भएको थियो ।

nema
Show More

Related Articles

Back to top button