समाचार

५ म्याग्नेच्युड क्षमताको भूकम्प, धादिङ केन्द्रविन्दु

आज दिउँसो २ बजेर ८ मिनेटमा भूकम्प महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ म्याग्नेच्युड क्षमताको पराकम्प गएको हो ।
भूकम्पको केन्द्र भने धादिङको कुम्पुर रहेको बताइएको छ। यसअघि गत वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्र गरी भूकम्प भएको थियो। वैशाख ११ गते धादिङ नै केन्द्र बनाई ५ दशमलव २ र ४ दशमलव ३ म्याग्नेच्युड क्षमताको भूकम्प भएको थियो।
गत वैशाख २९ गते दैलेखमा पनि ५ दशमलव १ म्याग्नेच्युड क्षमताको भूकम्प महसुस भएको थियो।

nema
Show More

Related Articles

Back to top button