समाचार

आजबाट नयाँ नोट साट्न सकिने

१० असोज, काठमाडौैँ÷ नेपाल राष्ट्र बैंकले आज(बिहिबार)बाट दशैका लागि नयाँ सोट साट्न सुरु गरेको छ । आगामी असोज १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सक्ने ब्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यलयका साथै विराटनगर, जनकपूर, बिरगन्ज, पोखरा, सिदार्थनगर, नेपालगन्ज र धनगढीस्थित प्रदेश कार्यलयबाट नयाँ नोट साट्न सकिनेछ । यसका साथै उपत्यकाभित्र नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सट्न सक्ने जनाएको छ । दसैंका लागि ५, १०, २०, ५० र १०० दरका नोट एक एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैंयाँसम्म साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Show More

Related Articles

Back to top button