breakingसमाचारविचारवी पी विचार

अवैध संरचना हटाउन ललितपुरले दियो ३५ दिनको समयसीमा

२०७९ असोज ५ गते

५ असोज, काठमाडौं ।

ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ ।

सूचनाअनुसार नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु पनि खाली गरेर तोकिएको प्रयोजनामा लगाउन भनिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना सुधार्न वा हटाउन ३५ दिनको समय दिइएको छ ।

सम्बन्धिकत घरधनीले नहटाएमा महानगर आफैंले कानुन अनुसार संरचना हटाउने महानगरपालिकाले जनाएको छ ।

‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने व्यहाोरा जानकारीका लागि सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।

copied from online khabar

nema
Show More

Related Articles

Back to top button