समाचार

कमलपोखरी अतिक्रमण गरेर व्यापारिक कम्प्लेक्स बनाइएको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीय विरोधप्रदर्शनमा उत्रिएका हुन ।
नेवाः राजनीतिक अभियानले आइतबार इन्द्रचोकबाट निकालेको विरोध र्‍याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवाहरुले ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा कायम गर्न माग गरेका छन्।
कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति आपत्ति समेत जनाए ।

nema
Show More

Related Articles

Back to top button