समाचार

ब्रिटिस सेनामा ३० बर्षयताकै धेरै संख्यामा गोर्खा सैनिक भर्ति गरिँदै

२३ माघ, काठमाडौं । नेपालमा गोर्खा इन्टेक २०१९ को छनोट पूरा भएको छ । यसपाली ब्रिटिश सेनामा सन १९८५ यताकै ठूलो संख्यामा नेपालीहरु भर्ती हुने पक्का भएको छ ।

क्षेत्रगत रुपमा सेप्टेम्बरमा छनोटको पहिलो चरण पूरा हुँदा प्रारम्भिक १० हजार आवेदकहरुमध्ये ५ सय ८० जनालाई अन्तिम मूल्यांकनका लागि पोखरा बोलाइएको थियो । यस क्रममा ब्रिटिश आर्मीले भर्ती हुने युवाको संख्यामा उल्लेख्य वृद्धि गर्न सहमति जनाएको हो । पहिले ३ सय २० जना भनिएकोमा अब गोर्खा कम्पनीले ४०० जनालाई भर्ती गर्ने जनाएको छ ।

अन्तिम मूल्यांकनमा विभिन्न परीक्षण, जस्तै सिट अप, पुल अप, जेरी केन्स र पावर ब्याग्स लगायत हुनेछन् । तीमध्ये कुनैमा पनि असफल भएमा प्रतियोगीहरु प्रतिस्पर्धाबाट बाहिरिनेछन् । गोर्खा छनौटको सबैभन्दा कठिन परीक्षण चाहिँ डोको दौड हो । यसमा प्रतिस्पर्धीहरुले डोकोभित्र २५ किलो बालुवा बोकेर पहाड उक्लिनुपर्ने हुन्छ । उनीहरुले यसरी ५ किलोमिटरको उकालो यात्रा गर्नुपर्छ । टुप्पोमा पुगेपछि उनीहरुले खाजा खान पाउँछन् । त्यहाँ छोटो अन्तरवार्ता हुन्छ र त्यसपछि नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

nema
Show More

Related Articles

Back to top button