समाचारनेपाली कांग्रेस

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन काँगे्रसको आग्रह

२७ पुष, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध भएको आरोप लगाउनुभएको हो । दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिँदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई सचेत गराएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्त‌ै कांग्रेस नेता गगन थापाले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई नियमानुसार सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । उहाँले ट्वीट गर्दै नेकपाभित्रको स्वार्थको तालमेल नमिलेका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय भएको बताउनुभएको हो ।

nema
Show More

Related Articles

Back to top button