समाचार

स्थानीयको अवरोधका कारण धरहरा निर्माण अवरुद्ध

काठमाडौं ÷ स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ। पैदलमार्ग खुलाउनुपर्ने आफूहरूको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काममा अवरोध सिर्जना भएको हो ।
धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए । करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ। स्थानीयले विगत ६ महिनायता आफूहरूलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए।

nema
Show More

Related Articles

Back to top button