समाचार

तनहुं संचार सहकारी सस्थाको अध्यक्षमा परशुराम गिरी निर्वाचित

दमौली आश्विन ३ ,
 
सामुदायिक रेडियो दमौली एफएम ९४.२ तथा दमौली खबर दैनिकको सञ्चालक संस्था तनहुँ सञ्चार सहकारीको अध्यक्षमा परशुराम गिरी सर्वसम्मत चयन भएका छन् । बिहिबार दमौलीमा सम्पन्न सहकारीको ११ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले गिरीको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको हो । यसअघिका उपाध्यक्ष गिरी सहकारीको कार्यवाहक अध्यक्ष थिए । अधिवेशनबाट उपाध्यक्षमा हरिशरण पण्डित, सचिवमा चिनु पोख्रेल तथा कोषाध्यक्षमा माधव खनाल चयन भएका छन् ।
कार्य समितिका सदस्यहरुमा प्रदीप पौडेल, शुकुमलाल गुरुङ, सुदीप काफ्ले, विष्णु पोख्रेल तथा गिरीमाया मिश्र चयन भएका छन् । अधिवेशनले सहकारीको लेखा संयोजकमा यसअघिकै रामदेव पन्थलाई दोहो¥याएको छ । लेखा समिति सदस्यमा नन्दबहादुर थापा र शर्मिला ओझा चयन भएका छन् ।
निर्वाचन अधिकृत कृष्णहरि वाग्ले संयोजक तथा हरि सिग्देल र हरिराज काफ्ले सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्य समितिको घोषणा गरेको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गिरीले सबै पदाधिकारीहरुको साथ लिएर नयाँ भवनको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । ‘सहकारीलाई अझ परिष्कृत ढंगबाट अघि बढाउनेछु,’ उनले भने ।
सहयोगीलाई सम्मान
कार्यक्रममा सहकारीको प्रशारण संस्था दमौली एफएम ९४.२ को वृत्ति विकासमा सहयोग तथा सहकार्य गरेको भन्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सभापति राजकुमार श्रेष्ठ ‘राकु’, मगर समाज सुधार समितिका अध्यक्ष पूर्णबहादुर थापा र नासा कम्प्युटरका सञ्चालक रामु भुषाललाई सम्मान गरिएको छ । सम्मान पत्रका साथमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री गोविन्दराज जोशीले सम्मान गरे ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button