समाचार

कलाकार भीमबहादुर थापाको निधन

३० जेठ, काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उहाँको निधन भएको हो ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।
थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गर्नुभएको छ । वि।सं। १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडनभएको थियो ।
थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् ।

nema
Show More

Related Articles

Back to top button