breakingसमाचार

नेपाली काँग्रेस घरझगडामै रमायो : तारानाथ रानाभाट

२२ पुष, काठमाडौँ÷ पूर्वसभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेकपाभित्रको खिचातानीले संसदनै बन्धक बनेको आरोप लगाउनुभएको छ । संसदको हिउँदे अधिवेशन सुरू भएको दुई साता बढि भएपनि प्रतिनिधिसभाको बैठक अन्योलग्रस्त हुनु दुःखत भएको उहाँको तर्क छ । संसदभित्र देखिएको यस्तो क्रियाकलापले नेपालका जिम्मेवार राजनीतिक दलहरु असफल भएको उहाँले स्पष्ट पार्नुभयो ।
राजनीतिमा देखिएको यस्ता क्रियाकलापले दलहरु असफल बनेको उहाँको दाबी छ । उहाँले भन्नुभयो— ‘हामीले अंगिकार गरेको बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाका नम्सहरु ,तिनका परम्परा, मान्यतालाई जसरी निषेध गर्ने प्रयत्न भैरहेको छ, त्यसले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद मात्रै अनिर्णयको बन्दी बनेको होइन यसले राष्ट्रिय राजनीतिका जिम्मेवार दलहरु असफल भएको दर्शाउँछ ’
सत्तारुढ नेकपाभित्रको ब्यक्तिगत सत्तालिप्साको कारण सभामुखको लागि खिचातानी भरहेको उहाँको आशंका छ । यसबाट अधिनायकवादको जन्म हुने खतरा बढेको रानाभाटले उल्लेख गर्नुभयो । एउटै पार्टीको समूहरु विभिन्न शक्तिकेन्द्रको चपेटामा फसेको उहाँले उल्लेख गर्नुभयो ।
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा कुराकानी गदै उहाँले देश अनिर्णयको बन्दी बनेपनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आन्तरिक घरझगडामा फसेको आरोप लगाउनुभयो । संसद अनिर्णयको बन्दी बनेको अवस्थामा पार्टीले शसक्त भूमिका निर्वाह गर्न नसकेको उहाँको ठम्याई छ । मुलुकभित्र देखिएको पछिल्लो अवस्थाले देशमा विखण्डको दलदलमा फस्ने सम्भावना रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो—‘देशभित्र भैरहेको अनेकन विकृती र विसंगतिलाई हेर्ने हो भने, समाजमा भैरहेका यस्ता इस्युजहरु छन जसले समाजलाई मात्रै होइन मुलुकलाईनै विखण्डन गर्न सक्ने प्रवल सम्भावना रहेको छ ’ ।

nema
Show More

Related Articles

Back to top button