समाचार

नेपाल–भारत–चीनको त्रिदेशीय विन्दु पत्ता लागेको छैनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग कुनै पनि स्थानमा सीमा विवाद नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा सोमबार सीमाबारे बोल्ने क्रममा मन्त्री ज्ञवालीले चीनसँगको सीमा सुल्झ्याएर ९८ वटा सीमा स्तम्भ कायम गरिएको बताएका हुन् ।
३७ र ३८ नम्बरको सीमा स्तम्भ भौगोलिक विकटताका कारण बनाउन नसकिएको उनले जानकारी दिए ।
उनले राष्ट्रियसभामा भने, ‘नेपाल, भारत र चीनको तृदेशीय विन्दु पहिचान हुन बाँकी छ। चीनतर्फको १ नम्बर सीमा स्तभ तिन्कर भञ्ज्याङबाट पूर्वमा छ । शून्य नम्बरको सीमा वा तृदेशीय विन्दु टुंगो लाग्ने बित्तिकै हुन्छ। भारतसँगको विवादको कारण तृदेशीय विन्दु पहिचान हुन सकेको छैन।’
 
यस्तै सगरमाथाको उचाई पनि छिट्टै टुङ्गो लाग्ने उनले बताए ।
चीनले सीमा मिच्यो भनेर फर्जी प्रतिवेदन कसले बनायो भन्ने बारे सरकारले अनुसन्धान गरिरहेको उनले बताएका छन् । हालै पत्रपत्रिकाहरुमा नेपालको भनि दाबी गरिएको रुइ गाउँ चीनकै रहेको उनले बताए ।
उनले भने, ‘सन् १९६१ मा सीमा कायम गर्दा त्यहाँको भूभाग स्थानीयलाई रोज्न दिएरै चीनमा परेको हो। गोर्खा प्रशासन कार्यालयले गरेको अध्ययनले पनि त्यसको पुष्टि गरेको छ।’
उनले सांसदहरुलाई सीमा जस्तो विषयमा बोल्दा पत्रपत्रिकामा आउने वित्तिकै भन्दा पनि सबैकुरा बुझेर बोल्न आग्रह गरे ।
उनले नेपाली भूमि कुनै पनि स्थानमा कसैलाई नदिन सरकार प्रतिवद्ध रहेको बताए ।
असार १५, २०७७ मा प्रकाशित
nema
Show More

Related Articles

Back to top button