समाचार

राष्ट्रिय अनुसन्धान विभागका कार्की विरुद्ध मुद्दा दायर, ७ वटै प्रदेशमा कर्मचारी खटे

असार ८, २०७५ (राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत दोलखबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर विशेष सेवामा प्रवेश गरेको खुलेपछि आरोप पत्र दायर गरिएको हो ।
विभागमा भर्ना हुँदा कार्कीले भारतको उत्तरप्रदेशबाट माध्यमिक शिक्षा र गोरखपुरबाट आई।ए तह उत्तिर्ण गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अनुसन्धान सहायक निरीक्षक पदमा भर्ना गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । यसैवीच, राष्ट्रिय अनुसन्धान विभाग प्रादेशिक संरचनामा गएको छ । विभागले संघीय संरचनाअनुसार ७ वटै प्रदेशमा कार्यालय स्थापना गरि कर्मचारी खटाएको छ ।
प्रदेश २ का लागि जनकपुर र प्रदेश ५ का लागि बुटवलमा थप नयाँ प्रदेश कार्यालय स्थापना गरी कर्मचारी खटाएको हो । विभागले प्रदेश प्रमुखमा पनि अनुसन्धान निर्देशक डीआईजीलाई खटाएको छ । प्रदेश १ मा सुनिल ढकाल, २ मा सुमन बैद्य, ३ मा हरिहर पौडेल, ४ मा कुलदिप थापा, ५ मा टेकेन्द्र कार्की, कर्णाली प्रदेशमा मधु कार्की र ७ मा प्रकाश पाण्डेलाई पठाइएको स्रोतले जनाएको छ । त्यस्तै विभागले नयाँ जिल्ला पूर्वी नवलपरासी र पूर्वी रुकुममा जिल्ला कार्यालय स्थापना गरेको छ ।

nema
Show More

Related Articles

Back to top button