समाचारसमाज

पहिरोले पासाङल्हामु सडक अवरुद्ध, सडक खुलाउन २ दिन लाग्न सक्ने

१५ साउन, काठमाडौैँ÷ नुवाकोटको विदुर नगरपालिका–१०, तिरतिरे भीरमा मंगलबार पहिरो जाँदा पासाङल्हामु सडक अबरुद्ध भएको छ । पहिरोले रसुवा जाने दर्जनौं सवारी साधन अलपत्र परेको प्रहरीले जनाएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले सडक स्तरोन्नतीको क्रममा काटेको सडकमा पहिरो गएको छ । पहिरोले झण्डै १० मिटर सडक पुरेको छ । पहिरोका कारण काठमाडौंबाट रसुवाका लागि हिँडेको र रसुवाबाट काठमाडौंको लागि हिँडेका दर्जनौं सवारीसाधन रोकिएको छ ।
रसुवा जानको लागि बैकल्पिक सडक त्रिशूलीबाट तुप्चे हुँदै मनकामनाबाट पैरेबेसी तरेर जान सकिने सडक समेत मनकामनामा पहिरोले भत्काएका कारण सवारी आवातजावत गर्न नसक्ने भएको हो । पहिरो खुलाउन दुई दिनसम्म लाग्ने प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button