breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसका नगर प्रमुख तथा उपप्रमुखको भेला सुरु, करबारे छलफल हुने

 २०७५ भदौ ११ सोमबार ११:११:००

कांग्रेसका नगर प्रमुख तथा उपप्रमुखको भेला सुरु, करबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलबाट स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका नगर प्रमुख र उप–प्रमुखहरुको भेला बोलाएको छ । स्थानीय तहमा बढाइएको करको बारेमा छलफल गर्न कांग्रेसले सोमबार काठमाडौंमा नगर प्रमुख र उप–प्रमुखहरुको भेला बोलाइएको हो । भेला अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहमा बढाइएको करको वास्तविक अवस्था र त्यसको व्यवस्थापनका लागि रणनीति बनाउन पार्टीबाट निर्वाचित देशभरका नगर प्रमुख र उपप्रमुखसँग एक दिने अन्तरक्रियात्मक प्रशिक्षण आयोजना गरिएको बताएका छन् ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जारी प्रशिक्षण कार्यक्रममा वृद्धि गरिएको करको वास्तविक स्थिति र बढेको करलाई न्यून बनाएर करबाट प्रताडित नागरिकलाई सहज बनाउन अपनाउन सकिने विषयका बारेमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित देशभरका नगर प्रमुख र उपप्रमुखसहितको विशेष छलफल र सुझावले थप उर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button