breakingसमाचार

नेपालमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १०९ पुग्यो

२७ बैशाख, काठमाडौैँ
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १०९ पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
 
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ बर्षीय महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताउनुभयो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।
 
अहिलेसम्म २७ जना निको भएर घर फर्किएका छन् । नयाँ संक्रमण पुष्टि भएका सातैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button