breakingविचारवी पी विचारसमाचार

जन्मदर घट्दा, बसाइँसराइ बढ्दा गाउँका स्कुलमा घटे विद्यार्थी 

घट्दो जन्मदर, बढ्दो बसाइँसराइ, बजारको विस्तार र निजीको प्रभाव लगायतका कारणले गाउँघरका स्कुलमा विद्यार्थी पाउन मुस्किल हुन थालेको छ । पदमा बस्नेका छोराछोरी सरकारी स्कुलमा, अंग्रेजीमा पढाइ, बस सेवा जस्ता उपाय निकालेर पालिकाहरु यो चुनौति धान्न खोजिरहेका छन् । २०८० जेठ ५ गते

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको सर्वसुधार आवासीय विद्यालयका विद्यार्थी ।

५ जेठ, काठमाडौं ।

ग्रामीण क्षेत्रका मुख्यतया पहाडी भेगका गाउँ र नगरपालिकाका सामुदायिक विद्यालयहरुले हिजोआज विद्यार्थी अभावको समस्या झेल्न थालेका छन् । यस क्षेत्रका संस्थागत (निजी) विद्यालयमा पनि तुलनात्मक रुपमा विद्यार्थी संख्या न्युन हुँदै गएको पाइन्छ ।

विद्यार्थी संख्या घटेको भन्दै पहाडी जिल्लाका स्थानीय तहहरुले विद्यालय तह समायोजन (कक्षा घटुवा) र विद्यालय समायोजन (मर्ज) गर्न थालेका छन् ।

विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ ले समायोजनका आधारहरु तय गरेको छ । जस अनुसार, दुई वा सो भन्दा बढी विद्यालय बीचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको, हिमालमा १–३ कक्षामा ३० जना वा सोभन्दा कम, १–५ कक्षामा ५० जना वा सोभन्दा कम, ६–८ कक्षामा ३० जना वा सोभन्दा कम, ९–१० कक्षामा ३० जना वा सोभन्दा कम, कक्षा ११–१२ मा ३० जना वा सोभन्दा कम भएको अवस्थामा मर्ज गर्न सकिने उल्लेख छ ।

यसैगरी पहाडमा १–३ कक्षामा ४५ जना वा सोभन्दा कम, १–५ कक्षामा ७५ वा सोभन्दा कम, ६–८ कक्षामा ४५ वा सोभन्दा कम, ९–१० कक्षामा ४० र ११–१२ कक्षामा ४० वा सोभन्दा कम विद्यार्थी संख्या हुँदा समायोजन गर्न सकिने व्यवस्था छ ।

त्यस्तै उपत्यका तथा तराईमा कक्षा १–३ मा ६० वा सोभन्दा कम, कक्षा १–५ मा सय जना, कक्षा ६–८ मा ६० जना, कक्षा ९–१० मा ५० र कक्षा ११–१२ मा ५० जना वा सोभन्दा कम विद्यार्थी भएको अवस्थामा नजिकैको अर्को विद्यालयमा गाभ्न सकिने व्यवस्था छ ।

तर, पहाडी तथा ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी संख्या कम हुँदा पनि विद्यालय बीचको दुरी टाढा हुँदा समायोजन गर्न नसकिरहेको स्थानीय तहहरु बताउँछन् ।

इलाम नगरपालिकाकी शिक्षा शाखा अधिकृत राधिका घिमिरे भूगोलको कारण समायोजन गर्न गाह्रो भइरहेको बताउँछिन् । उनको भनाइअनुसार, सिद्धदेवी (आधारभूत विद्यालय) आवि (कक्षा १–३) मा गएको वर्ष ५ जना, जलेश्वरी आवि (कक्षा १–३) १६ जना, सुम्देक मावि (कक्षा १–१०) १४६ जना मात्रै विद्यार्थी भर्ना भएका थिए । यो वर्ष यो संख्या झन घट्न सक्ने अनुमान छ । तर विद्यालय समायोजन गर्न समस्या छ । उनी भन्छिन्, ‘यी विद्यालयहरुमा विद्यार्थी संख्या कम छन् तर समायोजन गर्दा त्यहिँ पाँच जना विद्यार्थी पनि विद्यालय बाहिर हुने जोखिम रहन्छ ।’

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button