समाचार

परराष्ट्रमन्त्री ज्ञवालीले मंगोलियामा सम्बोधनका क्रममा के भने ?

जेष्ठ २९, २०७५÷ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट्याक सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । मंगोलियाको उलनबटारमा जारी सम्मेलनमा मन्त्री ज्ञवालीले सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सम्मेलन अन्तराष्ट्रिय लगानी, सुचना, सञ्चार, प्रविधि र कनेक्टिविटिका विषयमा केन्द्रित रहेको बुझिएको छ । भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट्याकको संस्थापक सदस्य राष्ट्र नेपालले बहुपक्षिय सम्झौतामा सहमती जनाईसकेको छ । चीन हुँदै मंगोलिया पुग्नुभएका मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपि ओलीको भ्रमणबारे बेईजिङ्ग स्थित नेपाली दुतावासमा सामान्य जानकारी लिनुभएको थियो । बेईजिङ्गमा मन्त्रि ज्ञवालीले चीन मैत्रीसम्बन्ध एसोसिएसनका अध्यक्ष चेन जेमिन सँग भेटवार्ता गर्नुभएको थियो । मन्त्री ज्ञवाली सहितको टोली भोली (बुधवार) स्वदेश फर्किने कार्यक्रम छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button