समाचार

प्रधानमन्त्रीका लागि नयाँ सरकारी निवास बन्दै

काठमाडौं, असोज २ । प्रधानमन्त्रीका लागि नयाँ सरकारी निवास बन्ने भएको छ ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक कार्यक्रमकाबीच भवन शिलान्यास गरेका हुन् । हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो ।
आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा रहने जनाइएको छ । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ भने अर्को खण्डमा भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरी सार्वजनिक कार्यक्रममा प्रयोग हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार मात्रै सिंहदरवार परिसरमा बन्ने संसद भवन शिलान्यास गरेका थिए ।
सरकारले मन्त्रीहरुका लागि समेत नयाँ आवास भवन निर्माण गर्ने तयारी गरेको छ ।

nema
Show More

Related Articles

Back to top button