समाचार

लोकतन्त्रलाई खतरामा पार्ने सूचना प्रवाह नगराउन सभामुख महराको आग्रह

काठमाडौं । सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई खतरामा पार्ने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आयोगले बुधवार आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सूचना माग्न पाउनु र सूचना प्रवाह गराउनु सबैको दायित्व भएकाले लोकतन्त्रमा खुल्लापन रहेमा सूचना मागिरहनुनपर्ने बताएका हुन ।

मुलुकमा अपारदर्शिताका कारण सूचना लुकाउने प्रवृत्ति बढेमा मात्रै सूचनाको हकसम्बन्धी कानून र आयोगको अत्यावश्यकता हुने तर सूचनाको सहज पहुँच भएमा कानून र आयोगको औचित्य नहुने उनको भनाइ थियो ।

सभामुख महराले वास्तविक राष्ट्रिय एकता कायम गर्ने सूचना प्रवाहमा सबैजना रचनात्मक तवरले लाग्नुपर्नेमा जोड दिए ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना माग र प्रवाहको विवरण सार्वजनिक गर्न सरकारका सबै निकाय, राजनीतिक दल, वित्तीय र सामाजिक संस्थालाई समेत आदेश जारी गरिएको बताए ।

कार्यक्रममा विभिन्न २१ मन्त्रालयका सूचनाको हकसम्बन्धी मूल्याङ्कन गरिएको ‘आरटिआइ अडिट’को प्रतिवेदनलगायत तीन पुस्तक सार्वजनिक गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button